अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन् “ अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्नेछ , राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दैछ ´´ ।

प्रजातान्त्रिक सरकार आए अन्य प्रजातान्त्रिक शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथि प्रहार गरे आत्मसमर्पण गर्ने अथवा कम्युनिस्ट सरकार आए कम्युनिस्ट विचार बाहुल्य भएका देश सङ लम्पसार पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने किरणले बताएका छन् ।

राजसंस्था सबैको साझा संस्था हो, यसले आजसम्म कुनैपनि देश अहित काम गरेको छैन । सदैव नेपाली माटोको रक्षाको नेतृत्व गर्दै आएको छ – देशलाई एकताबद्ध बनाउन राजसंस्था स्थापनाको विकल्प नरहेको पनि किरणले बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमण असफल

बर्तमान प्रधानमन्त्रीको भ्रमण प्रति समेत किरणले टिप्पणी गरेका छन् । रातो कार्पेट बिछ्याएर पाँच तारे होटलमा बास दिनुले भ्रमण सफल भएको मान्न नसकिने उनले बताएका छन् ।

देशभित्र शिक्षक, कर्मचारी,डाक्टर सबै आन्दोलनमा उत्रिनु र चिटिक्क दौरासुरुवाल लगाएर बिदेश भ्रमण गर्नु वीच तादम्यता मिलेन । देशमा शान्ति,सुशासन र विश्वासको वातावरण निर्माण नगरेसम्म जतिसुकै बिदेश भ्रमण गरेपनि अर्थ नहुने किरणले बताएका छन् ।

रास्वपा सङ आशा नराखौँ

नयाँ उदाएको रास्वपामा माथि किरणले प्रहार गरेका छन् । नयाँ उदाएको दलको कमान्डर पासपोर्ट दुरुपयोग गरेको, नेपाली नागरिकता त्यागेर अमेरिकामा शरण लिएर नेपाल विरुद्ध गतिविधि गरेको पात्र हुन् – उनको नेतृत्वमा केही सिट आयो भन्दैमा देश बनाउन नसक्ने किरणले दाबी गरेका छन् ।

चुनाव जित्नेहरू सबै ठिक भन्ने गलत मान्यता स्थापित नगर्न पनि किरणले चुनौती दिएका छन् । उनले बहालवाला सांसद देखि गृहमन्त्री भएका मान्छेहरु  मानव बेचबिखनको मुद्दामा जेल बसिरहेको स्मरण गराउदै निर्वाचित हुने कुरा मात्र ठूलो नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array