नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

मोरङ, १४  असोज , बिराटनगर महानगरपालिका-६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित सनुसरी हरिनगरा गाउँपालिका-६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त सुपरमार्केटबाट १ हजार ६ सय बराबरको बिभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा.१६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array