दोलखामा प्रहरीले पुनः ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा चार किलो सुन बरामद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

सुजन काफ्ले

चरिकोट,   दोलखामा प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले आज (आइतबार) पुनः प्रहरीले चार किलो सुन बरामद गरेको हो । फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका सात जना पक्राउ परेका छन् भने अहिलेसम्म ११ केजी सुन बरामद भएको छ ।

चीनले केही समयका लागि खोलेको दोलखाका लामा बगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि यो क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । फरार अभियुक्तको खोजीमा समेत प्रहरी सक्रिय बनेको छ ।यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरीका अनुसार यो सधैँ बन्द रहने नाका भए पनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरू आवतजावत गर्ने गरेका छन् ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array