घटस्थापनाको एक साता अघि नै दसैँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, घटस्थापनाको एक साता अघि नै दसैँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार दसैँका लागि लक्षित गरी अग्रिम रूपमा टिकट बुकिङ् घटस्थापनाको एक साता अघिबाट खोल्नका लागि तयारी भइरहेको छ ।  अहिलेसम्म मिति किटान नभए पनि गत सालजस्तै यस वर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्षको दसैँका लागि अग्रिम टिकट घटस्थापनाको एक साता अघिबाट खोल्ने तयारी छ । अहिलेसम्म मिति किटान नभए पनि गतसालजस्तै यसवर्ष पनि एक साता अघि नै खोल्ने गरी काम अघि बढेको छ ।”

यस वर्षको घटस्थापना असोज २८ गते छ । यसको करिब साता दिन अघिबाट मात्र अग्रिम टिकट बुकिङ् खोल्नेगरी तयारी भइरहेको पनेरुले बताउनुभयो । अग्रिम टिकट बुकिङ् खोल्ने विषयमा पहिलो चरणको वार्ता समेत सम्पन्न भएको उहाँको भनाइ छ । सुरक्षा, यातायात, सडक र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला सबैसँग छलफल भएको उहाँले बताउनुभयो । आगामी आइतबार बुकिङको मिति तोकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array