जेष्ठ नागरिक दिवसको अवसरमा तारकेश्वरको ११ वटै वडामा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ आश्विन २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस देशभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवसमनाईन्छ ।
जेष्ठ नागरिक दिवसको अवसरमा तारकेश्वर नगरपालिकाको आयोजनामा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ । जेष्ठ नागरिक दिवसको अवसरमा तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
तारकेश्वर नगरपालिकाको महिला बालबाललिका तथा समाजकल्याण शाखा तथा स्वास्थ्य शाखाको संयुक्त आयोजनामा जेष्ठ नागरिकहरुको सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको हो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको संयोजकत्वमा बसेको बैठकले जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय भए बमोजिम नगरपालिकाका सबै वडाहरुमा भव्यताका साथ कार्यक्रम आयोजना गरिएको हो । तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रका अनुसार नगरपालिकाले आयोजना गरेको कार्यक्रमहरुमा ११ वटै वडाहरुमा जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य परिक्षण तथा सम्मानमा सहभागी हुन पाँउदा जेष्ठ नागरिकहरु निकै हर्षित देखिएका थिए । आज बिहानै देखि नगरपालिकाका ११ वटै वडाहरुमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहित सवै वडाका अध्यक्षहरुको सक्रिय सहभागीता रहेको थियो ।
जेष्ठ नागरिक दिवसको अवसरमा स्वास्थ्य शाखाको आयोजनामा ११ वटै वडाहरुमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।

No description available.
यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रीक चोक स्थीत जेष्ठ नागरिक भबनमा आज जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परिक्षण सहितको औषधी बितरण गरिएको छ । शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० ले आयोजना गरेको स्वास्थ्य परिक्षणमा ५१ जनाको स्वास्थ्य परिक्षण गरिएको शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० की प्रमुख रश्मी केसीले जानकारी दिनुभयो । सो अवसरमा आवरण स्क्रीन क्लिनीक दरबारमार्गका विशेषज्ञ डक्टर सहितको टोलीले जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो भने एसएलएच फार्मेसी दरबारमार्गको फार्मेसी टिमले डक्टरको सिफारीसमा छालाका बिरामीहरुलाई निशुल्क औषधी बितरण गरिएको एसएनएच फार्मेसीकी प्रज्ञा सुवेदीले बताउनुभयो । शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० को अनुरोधमा आवरण स्क्रीन क्लिनीकले जेष्ठ नागरिकहरुको छालाको स्वास्थ्य परिक्षण र एसएलएच फार्मेसीले निशुल्क औषधी बितरण गरेको शहरी स्वास्थ्य केन्द्र तारकेश्वर १० की गायत्री श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका सदस्य भबानी कुमार श्रेष्ठ (विके श्रेष्ठ), केन्द्रका सल्लाहकार केशब अर्याल लगायतको उपस्थीति रहेको थियो ।
आजै साँझ लोकतान्त्रीक चोक स्थीत जेष्ठ नागरिक भबनमा वडा नं १० का अध्यक्ष कुमार राईले २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो ।

dfgdfg

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 10 people, people smiling and temple

May be an image of 6 people

hggfh

प्रतिक्रिया दिनुहोस्

Array