हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं,  अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोवर) का अवसरमा मानव अधिकार तथा शान्ति समाजले असोज १५ गते अहिंसाको प्रवद्र्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दैै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते विदा दिने सरकारी निर्णय शिघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
यस क्रममा असोज १५ गते बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । यस्तै समाजका दर्शन बढी शाखाहरुले असोज १५ गते साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।
२००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ । अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिनछ ।
अहिंसालाई केन्द्रविन्दुमा राखेर क्रियाशील शान्ति समाजले सन् २००७ देखिनै अहिंसा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसैगरी १३ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी शान्ति समाजले असोज १४ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस (१ अक्टोवर) मनाएको छ । यस क्रममा शान्ति समाजको रुपन्देही शाखाले स्वास्थ्य शिविर आयोजना गरेको थियो भने काठमाडौं शाखाले कागेस्वरी मनोहर नगरपालिका गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न सहयोग गरेको थियो । यस्तै चितवन शाखाले देवघाटस्थित रोटरी करुणालय बृद्धआश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो भने मोरङ शाखाले महिला जागृति तथा वृद्धाश्रममा पौष्टीक आहार उपलब्ध गराएको थियो ।
साथै शान्ति समाजका पाल्पा, नवलपुर, सुर्खेत, बागलुङ शाखाले विभिन्न स्थानमा फलफुल वितरण गर्नुका साथै महोत्तरी र दाङ शाखाले अन्तरक्रिया÷गोष्ठी आयोजना गरेका थिए । जेष्ठ नागरिक दिवसकै अवसरमा शान्ति समाजका पाँचथर, बाँके र तेह्रथुम शाखाले विविध कार्यक्रम आयोजना गरेका थिए ।
समाजका तर्फबाट

प्रतिक्रिया दिनुहोस्

Array