दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप प्रतियोगिता आज देखि काठमाण्डौंमा सुरु हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ । दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप २०२३ नेपालमा बुधबार सुरु हुँदैछ । सन् २०१९ मा पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

सो समय दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको थियो । तर भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा घरेलु टिम नेपालले श्रीलङ्काको सामना गर्नेछ ।

नेपाली टिमका कप्तान हिमाल अर्यालले प्रतियोगिताको पूर्वसन्ध्यामा उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभएको छ । घरेलु मैदानमा खेल्ने भएकोले पनि नेपालको प्रदर्शन राम्रो हुने उहाँको भनाइ छ । हालै भारतको गुजरातमा आयोजक भारत, श्रीलङ्का र बङ्गलादेश सहभागी प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको थियो । यसैगरी श्रीङ्काका म्यानेजर मन्जुश्री राजपाक्क्षेले पहिलो पटक ह्विलचियर क्रिकेट एसिया कप खेल्दैछौँ तर नेपालविरुद्धको खेल जितेर विजयी सुरुआत गर्ने प्रयास गर्नेछौँ, भन्नुभयो । सो प्रतियोगिता असोज २२ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array