तारकेश्वर नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीलाई ३ दिने कोपोमिस तालिम दिइने, इच्छुक सहकारीको आबेदन माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाको सहकारी शाखाले नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली(कोपोमिस) सम्बन्धी तिन दिने तालिम दिने भएको छ ।
नगरपालिकाले सहकारी संस्थाका सदस्य तथा कर्मचारीहरुलाई यहि भदौ २६ गते देखि २८ गते सम्म तालिम दिन लागेको हो । तालिममा सहभागी हुन चाहने सहकारी संस्थाले यही असोज २४ गते कार्यालय सम्म नगरपालिकाको सहकारी शाखामा इमेल गर्न समय दिइएको तारकेश्वर नगरपालिकाको सहकारी शाखा प्रमुख तिर्थराज थापामगरले बताउनुभयो । शाखा प्रमुख थापममगरले गत बर्ष एक दिवसीय कोपोमिस तालिम दिइएपनि सहकारीले सफ्टवेयर चलाउन अनइच्छुक देखिएकाले यस बर्ष एडभान्स लेभलको तिन दिने तालिम दिन लागिएको बताउनुभयो । तालिममा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरका प्रशिक्षक नविन मैनाली लगायतका अनुभवी प्रशिक्षकले प्रशिक्षण दिनुहुने छ ।
सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणालीको रुपमा पनि कोपोमिसलाई लिईन्छ ।
कोपोमिस तालिमले सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारीत अनुगमन, नियमन पद्धति स्थापित गर्न सहयोग पुग्ने शाखा प्रमुख थापाले बताउनुभयो ।
तारकेश्वर नगरपालिकामा ११ वटा बहुउदेश्यीय, ४८ बचत तथा ऋण, २३ वटा कृषि, ४ वटा दुग्ध र १ वटा उद्यम गरी ८७ वटा सहकारी कार्यरत रहेका छन् ।
सहकारी विभाग नयाँबानेश्वर काठमाडौले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (ऋय–यउभचबतष्खभ बलम एयखभचतथ–चभबितभम ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ – ऋइएइःक्ष्क्) सञ्चालनमा ल्याएको हो । सहकारी नियमावली, २०७५ को नियम ७२(२) मा “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले रु. पाँच करोड रुपैयाँ वा सोभन्दा बढी रकमको बचत दायित्व भए यो नियमावली प्रारम्भ भएको मितिले एक वर्ष भित्र र सो भन्दा घटी रकमको बचत दायित्व भए तीन वर्ष भित्र मन्त्रालयले स्वीकृत गरेको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भइसक्नु पर्नेछ“ भन्ने व्यवस्था रहेको छ । साथै सहकारी विभागले मिति २०७४।१०।१५ गते जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघसंस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७४ को बुँदा नं. २९(१) मा रु. पाँच करोड वा सो भन्दा बढी रकमको जायजेथा भएको संस्थाले एक वर्षभित्र र अन्य संस्थाले तीन वर्षभित्र मन्त्रालयले स्वीकृत गरेको एकीकृत व्यवस्थापन प्रणालीमा अनिवार्य आवद्ध भई सक्नुपर्नेछ भन्ने व्यवस्था उल्लेख छ ।
यस नगरपालिका भित्र मात्र कार्यक्षेत्र रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई यस प्रणालिमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्था रहेको छ । यस्तै प्रकृतिको तालिम विगतका वर्षहरुमा पनि एक दिवसिय तालिम संचालन गरिएकोमा तालिम लिन छुट भएका सहकारी संस्थाहरुलाई तालिमको आवश्यक भएको र एक दिवसिय तालिम अपुग भएको व्यहोरा अनुरोध गर्दछु ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array