“ट्राफिक सचेतना सप्‍ताह २०८० को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्‍ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात भएको थियो ।

विहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन भएको रक्तदान कार्यक्तममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पुर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक भोलेन्टियर सहित केही सर्वसाधरण गरी १ सय २० जनाले रक्तदान गरेका थिए ।

ट्राफिक सप्‍ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी  तथा  स्काउट लगायत  सवारी चालक र परि-चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका सचेतनामूलक कार्यक्रमहरु भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

 

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्