तारकेश्वरमा पहिरोले खोला थुनिएपछि मध्यरात नगरप्रमुख घटना स्थलमा, नगरप्रमुखको समन्वयले ठुलो धनजनको क्षती हुनबाट जोगियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ आश्विन २०८०, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वरमा अबिरल बर्षा र बाढीका कारण गएराती अचानक थुनिएको खोला समायमा खुलाउन सक्दा ठुलो क्षती हुनबाट जोगिएको छ ।
तारकेश्वर नगरपालिकाको वडा नं ५ र ६ को सिमाना झुलाफाँट स्थीत सुन्दर बस्तीमा कमेरो खोलाको छेउको वाल भत्केर खोला थुनेपछि स्थानीय त्रसीत बनेका थिए । दुखको समयमा स्थानीयले सुरक्षाकर्मी र तारकेश्वरका नगरप्रमुख सहित जनप्रतिनिधिहरुलाई खबर गरे । दिनभरीको थकानले आराम गरिरहनु भएका नगरप्रमुख कृष्ण हरि महर्जनलाई जनताको त्यो फोनले आरामको निन्द्र दिन सकेन । रातको करिब ११ बजे नगरप्रमुख खोला थुनिएको सुन्दर बस्ती पुग्नुभयो । नगरप्रमुख घटना स्थलमा पुग्दामा थुनिएको खोलामा पानी निकै भरीसकेको थियो । त्यही अवस्थामा पनी भरींदै जाने र थुनिएको खोला एकै पटक खोलीएमा तारकेश्वरको तल्लो भागका बस्तीमा निकै ठुलो क्षती हुने अवस्था थियो । त्यस बेला नगरप्रमुखसंगै प्रहरी बृत्त बालाजुका प्रमुख मनोजित कुंवर, वडा नं ६ का वडा सदस्य मुक्ती गुरागाँई, स्थानीय कबिन्द्र खत्री (कवि केसी), घर्मस्थली प्रहरीका इन्चार्ज प्रकाश राई लगायत घटना स्थलमा पुगीसक्नु भएको थियो । नगरप्रमुख महर्जनले खोलाको बहाब बढन थालेपछि तत्काल जेसिभिका अपरेटर बोलाएर खोलाको बहाबलाई बिस्तारै खोल्न लगाउनुभयो । तत्काल नगरपालिकाको स्काभेटर आउन असम्भब भएकाले नजिकै रहेको भाडाको स्काभेटरलाई बोलाएर नगरप्रमुखले आफ्नै निजी खर्चमा थुनिएको खोला खोल्नु भएको हो । पानी परिरहेको अवस्थामा मध्यरातमा घटना स्थलमा पुगेर नगरप्रमुख महर्जनले जनता प्रति देखाएको त्यो मायाँले पिडामा परेका स्थानीयहरु भाबुक बने । थुनिएको खोला खुलेपछि गए राती करिब १.३० बजे तिर नगरप्रमुख आरामका लागि घर र्फकर्नुभयो ।
प्राकृतिक बिपत्तीलाई कसैले रोक्न सक्दैन तर समयमानै सजगता अपनाउन सक्यो भने त्यसबाट हुन सक्ने धनजनको क्षती भने रोक्न सकिन्छ भन्ने गतिलो उदाहारण गएरातीको तारकेश्वरको यो घटनाबाट देख्न सकिन्छ । नगरप्रमुख, सुरक्षा निकाय र स्थानीयको समन्वयको कारण गएराती तारकेश्वरबासीले अप्रिय घटना भने भोग्नु परेन ।
स्थानीय कबिन्द्र खत्री (कवि केसी) ले गएराती थुनिएको खोला समयमानै खुलाउन सकिएकाले तारकेश्वरमा ठुलो क्षती हुनबाट जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो “मेयर साप हिजो राती नआइपुग्नु भएको भए त्यती सहज तरिकाले खोला खुल्ने अवस्था थिएन, रातको समयमा तुरुन्तै स्काभेटरहरु पाउने अवस्था पनि थिएन, मेयर सापले नजिकै रहेको स्काभेटरलाई तत्काल मगाएर थुनिएको खोला नखुलाएको भए पानीले नजिकैको घर तथा खेतहरुको धान समेत पुर्ने थियो, दशैंको समयमा ठुलो क्षती हुनबाट बच्यो”
केसीले मध्यरातमा आएर जनताको दुखमा साथ दिने नगरप्रमुख र सुरक्षा निकायलाई धन्यवात दिनुभयो ।
केहि दिन अघि तारकेश्वर नगरपालिकाको वडा नं ३ र ५ को सिमानामा पहिरोका कारण बाबु र छोरीले ज्यान गुमाएका थिए ।

No description available.

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array