“राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । राजश्व अनुसन्धान कार्यालय बुटवलले अन्त:शुल्क स्टिकर टााँस नगरिएको इको प्लस गुट्खा १५८.३६ के.जी. वरामद समेत गरी नेपालगंज उपमहानगरपालिका वडा नं. १, खजुरारोड, बाँके स्थित नेपाल पान मसला उद्योगको आर्थिक बर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को खरिद खाता, विक्रि खाता, उत्पादन खाता, अन्त:शुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण, उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ् मेटेरियल खपत प्रयोग अनुपातको आधारमा गरेको छानविन तथा अनुसन्धानबाट उक्त उद्योगका संचालक प्रतिवादी कुतबुद्दिन शेषले कच्चा पदार्थको हिसाब-किताब र लेखा लापरबाही तथा त्रुटीपुर्ण तवरले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ् मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नम्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्रि वितरण गरेको भन्ने राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ दफा ४ को (क) र (ख) तथा दफा २(छ१) अनुसारको अन्त:शुल्क, मू.अ. कर र आयकरको राजश्व चुहावट गरेको कसूरमा उच्च अदालत तुलसीपुरको मिति २०७८/०९/१४ गतेको फैसलाले तपसिलमा उल्लेखित प्रतिवादीलाई ६(छ) महिना कैद हुने ठहर भएको साथै सरकारी बाँकी सरह असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम रु. ३,९९,१०,९०३/- तथा जरिवाना रु. १,९९,५५,४५२/- समेत गरी जम्मा रु. ५,९८,६६,३५५/- (पाँच करोड अन्ठान्नब्बे लाख छैसट्ठी हजार तीन सय पचपन्न रुपैंया मात्र) वेरुजू रही निज प्रतिवादी फरार रहेकोमा निजलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८०/०६/१७ गते चन्द्रौटा, कपिलवस्तुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै मिति २०८०/०६/१८ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यहोरा सूचित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array