सिआइबीद्धारा बचतकर्ताको चार करोड ५० लाख रकम हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले बचतकर्ताले जम्मा गरेको रकम र्फिता नदिएको आरोपका एक सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउराली बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष, काभ्रेको देउराली गाँउपालिकाका ३९ बर्षिय रविन्द्र चौलागाई रहेका छन् ।
संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेकाले बचतकर्ताले सिआइबीमा उजुरी गरेका थिए । बचतकर्ताको उजुरीका आधारमा सिआइबीको टोलीले चौलागाँईलाई यहि असोज १६ गते पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले सहकारीका अध्यक्ष चौलागाँईले हाल सम्म चार करोड ४९ लाख ४ हजार ३३ रुपयाँ रकम र्फिता नगरेको भन्दै उजुरी परेको बताउनुभयो । सिआइबीले उल्लेखित सहकारीबाट पिडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array