अवैध लागूऔषधसहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  सुनसरी, कोशी गाउँपालिका-१ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका-६ बस्ने २४ वर्षीय नजाम आलमसमेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०२-०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका-२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से.२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array