सुन प्रकरण : ६१ किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं,  ६१ किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश दिइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।पक्राउ परेकामध्ये एक जनासँग भने धरौटी माग गरिएको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ७ चिनियाँसहित २६ जनालाई पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो । काठमाडौंमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरेको थियो ।उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ । हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुन तस्करी प्रकरणका नाइके दावा छिरिङ रहेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो । तिब्बती मूलका बेल्जियन नागरिक दावाले नै सबै सेटिङ मिलाएका थिए । उनकै नेतृत्वमा चिनियाँ नागरिक एलेक्स भन्ने याओ फुचेङ, नेङकाई ली, सेग फा दिङ, अली भन्ने वेन ती सुङ ली, लिन जिक्वाङले सुन ओसार गरेका थिए ।

त्यस्तै तस्करका सहयोगीका रूपमा ट्रान्स ग्लोबलका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रूपका सञ्चालक राजनकुमार श्रेष्ठ, छिरिङ थुप्तिन, रामकुमार भुजेल, हर्कराज राई सुन, किशोर बस्नेत, दिलीप भुजेल, राजेन्द्रकुमार राई, यादव पराजुली र सुर्दशन गौतम रहेका थिए ।त्यस्तै सामान छुटाउने कर्मचारीमा सन्तोष चन्द ९अधिकृत०, पुष्पा जोशी ९अधिकृत०, गणेश पौडेल ९अधिकृत०, कमल परियार ९नासु०, वीरेन्द्र नेपाली ९नासु०, सरोज श्रेष्ठ ९नासु०, कुमार ढकाल ९खरिदार० र ट्याक्सी ड्राइभर अशोक लामा छन् ।

tvannapurna

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array