सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa

सल्यान, सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना६ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मूलपानीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । घाइतेलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array