इजरायलको गाजा क्षेत्रमा शनिबार भएको आक्रमणमा परी ९ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं , इजरायलको गाजा क्षेत्रमा शनिबार भएको आक्रमणमा परी ९ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार १४ जना नेपाली काम गरिरहेको एउटा फार्ममा पनि आक्रमण भएको हो । यद्यपि ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । ‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं ।’

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ । नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ । स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array