अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं,   झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ३० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-३ बस्ने १९ वर्षीय अनुज राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको मे.१० प २७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनुजलाई अण्डरवयेरभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित मेचीडाँडा निस्कने गोरेटो बाटोबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ५ सय मिलिग्रामसहित इलाम, इलाम नगरपालिका-९ गोलबस्ती बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मलद्वारको लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपैउत पिप्राई-३ बस्ने २५ वर्षीय रञ्जित मुखिया र भारत बैजानपुर-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

   सुनसरी, बराहक्षेत्र नगरपालिका-२ क्षितिज चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्मो २ सय ट्याबलेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय विज्ञान राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

   कास्की, धादिङ गजुरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रबिन्द्र तामाङलाई करिब ४ केजी गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पोखरा उपत्यकाभित्र चल्ने ग.१ ख ९८७८ नम्बरको नगर बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै पोखरा महानगरपालिका-५ जिरो किलोमिटरमा सोही बस पार्किङ गरी राख्ने क्रममा बसमा शंकास्पद कालो रङको झोला रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उक्त झोला खोली हेर्दा करिब ५ केजी गाँजा फेला पारी बरामद गरेको छ ।

            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array