इजरायल बाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा रहेका थप ७२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको हो ।

यसअघि सोमबार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ र उनीहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलवासी सम्पूर्ण नेपाली नागरिकहरुलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार
इजरायलमा रहेका विद्यार्थी भन्छन् – ‘सरकारले पैसा हाल्न सक्तैनौं भन्नुपर्‍यो, आफै तिरेर आउँछौं’

प्रतिक्रिया दिनुहोस्

Array