राष्ट्र संघीय महासचिव गुटेरेसको नेपाल भ्रमण किन भयो स्थगित ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ। महासचिवको भ्रमण शनिबारदेखि सोमबारसम्म हुने तय भएको थियो।

उनी नेपालबाटै बिआरआईसम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन चीन जाने कार्यक्रम थियो। प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गरेको आतंककारी हमलाबाट विकसित घटनाक्रमका कारण पश्चिम एसियामा बढ्दो तनावको स्थितिलाई मध्यनजर राख्दै उनको भ्रमण अहिले स्थगित भएको हो।यही जानकारी राष्ट्र संघले परराष्ट्र मन्त्रालयलाई पठाएको छ। स्रोतका अनुसार उनको भ्रमण अर्को महिना (नोभेम्बर)मा हुन सक्ने सम्भावना छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले महासचिव गुटेरेसको भ्रमण स्थगित भएको जानकारी दिइन्।

उनले भनिन्, ‘पश्चिम एसियामा विकसित घटनाक्रमका कारण अहिले भ्रमण हुन नसक्ने जानकारी आएको छ। हामी अर्को मितिका लागि गृहकार्य गर्दै छौँ। आवश्यक समयमा जानकारी दिन्छौँ।’

गुटेरेसको चीन भ्रमण पनि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array