सम्पादक रमेश कुमार बोहोरालाई सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरालाई बिहीबार सम्मान गरिएको छ । मिलाप मासिकद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि रहेका पूर्वउपराष्ट्रपति परमानन्द झाले बोहोरालाई सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्यसमेत रहेका बोहोरालाई ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरिएको हो । बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेसनकी अध्यक्ष गिता अधिकारीले जानकारी दिइन् । पत्रकार रमेश कुमार बोहोरा बिगत १६ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् ।
बोहोराले कोरोना महामारीका बेला पत्रकार महासंघ काठमाडौंको तर्फबाट पत्रकारहरुलाई राहतका कार्यक्रम सञ्चालन गरेका थिए । उनले कोरोना संक्रमति पत्रकारलाई भेटेर स्वास्थ्य सामग्रीका वितरण गर्नुका साथै अन्य आवश्यक सहयोग पनि गरेका थिए । कोभिड संक्रमति पत्रकारहरुले उपचारका लागि अस्पतालमा भर्ना नपाउँदा उनले विभिन्न अस्पतालहरुमा सम्पर्क गरी अस्पताल पुर्याएर उपचारमा सहयोग गरेका थिए । बोहोरा सधैं नै पत्रकारको मुद्दामा अग्रसर भएर लागेका छन् । काठमाडौं शाखाको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभाग संयोजकसमेत रहेर काम गर्दै आएका बोहोरालाई मिलाप मासिकका सम्पादक कृष्ण भुसालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रबाट समाजलाई उल्लेखनीय योगदान पुर्याएका अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array