कैदीसँग असुल्छन् बौद्ध वृत्तका हवलदारले कुनै अपराध गरेर होस् वा अनुसन्धानका क्रममा तानिएरै किन नहोस्

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । कैदीसँग यसरी असुल्छन् बौद्ध वृत्तका हवलदार अमर क्षेत्रीले कुनै अपराध गरेर होस् वा अनुसन्धानका क्रममा तानिएरै किन नहोस् प्रहरी हिराशतमा रहेको व्यक्तिको मानसिकता त्यसैपनि अत्तालिएको हुन्छ । त्यसमाथि पनि स्वयम् प्रहरीले नै विभिन्न बहानामा सताउने गर्दा हिराशतमा रहुन्जेल त्यो कैदीको दैनिकी कस्तो रहला ? राजधानीकै बौद्धस्थित प्रहरी वृत्त, बौद्धमा त्यहाँ अनुसन्धानका नाममा हिराशत परेकाहरुमाथि हवलदार अमर क्षेत्रीले हैकम जमाउने गर्छन् । पिडीतले दिएको जानकारी अनुसार हवलदार क्षेत्रीले कैदीलाई यतीसम्म आतंकित पार्छन् कि हिराशतमा रहुन्जेल उसले भनेअनुसार नै गर्नु पर्ने हुन्छ । विभिन्न प्रकरणमा अनुसन्धानका क्रममा हिराशतमा रहेका कैदीलाई एकाविहानै हिराशत कक्षबाट माथि ल्याउन लगाउने त्यसपछि विभिन्न धम्की दिँदै बयानमा “यो हालीदिन्छु, त्यो हालिदिन्छु” भन्दै बयानपत्र देखाएजस्तो गर्दै आफ्नो माग पूरा गर्न घुमाउरो पाराले दबाब दिने गरेको पिडीतले बताए । “एकदिन होइन, दुई दिन होइन, दिनदिनै एकाविहानै माथि बोलाउने अनी उही धम्की !” पिडीतले गुनासो गरे, “भन्नुस् न त के गरौं भन्दा ठाडै सुरु हुन्छ मोलतोल । उसको माग पूरा गर्न बाध्य ।” बौद्ध बृत्तमा मुद्धामामिला हेर्ने शाखा अपराध अनुसन्धान शाखामा दरवन्दी भएका हवलदार अमर क्षेत्री कस्टडीमा रहेका कैदीसँग रकम असुल्न र भागवण्डा लगाउन माहिर भएकैले होला उनी त्यहाँका हाकिमका नजरमा पनि राम्रोमै गनिन्छन् । स्रोतका अनुसार कैदमा रहेकाहरुबाट रकम असुल्न नजिकैको रेष्टुरेन्टमा कैदीले भनेकै मान्छेलाई भेट्ने हवलदार क्षेत्रीले लेनदेनका विषयमा कसैसँग कुनै कुरा गरेमा बयान बिगारिदिने र फसाई दिने धम्की दिने गर्छन् । के-कति दिनु पर्ने मोलतोल, कोबाट लिने सम्मका सबै सहमति कैदीबाट ‘ओके’ भएपछि मात्र नजिकैको रेष्टुरेन्टमा चिया पिउने बहानामा हवलदार अमर क्षेत्रीले कैदीले चिनाएको व्यक्तिलाई भेटेर सहमतिअनुसारको ‘नगदनारायण’ बुझ्ने गर्छन् । एक पिडीतले आफूले ८५ हजार बुझाउनु परेको गुनासो गरे । “डेढ लाखबाट भएको बार्गेनिड्ग एक लाखमा झर्दै गर्दा बाध्य भएर ८५ हजार दिनु पर्यो । हिराशतमा रहेको अवस्थामा अनुसन्धान गर्ने प्रहरीले नै ‘यसो र उसो’ भन्दै धम्क्याउन थालेपछि त्यसै डर लाग्दो रै’छ, नदिऊँ झन् फसाइँ दिने हो कि ? दिऊँ त्यत्रो रकम ?” ती पिडीतको गुनासो थियो । उनका अनुसार मुद्धामामिला शाखाका सबैको एक स्वर हुँदोरै’छ, रकम दिएपछिको व्यवहार नै अर्काे । बौद्ध वृत्तका एक प्रहरी अधिकारीका अनुसार हवलदार अमर क्षेत्री यसरी रकम असुल्ने कार्यमा बदनाम छन् र पनि, हाकीमका नगरमा उनी नै प्रियपात्र देखिन्छन् । कारण बुझिनसक्नु छ । खासगरी हवलदार क्षेत्री मुद्दामामिलाकै प्रकरणमा रहेकाहरुसँग असुलउपरमा सक्रिय देखिन्छन् । उनी सिभिलीयन पोशाकमा रहने भएका कारण यतात्यताका पकडधकड प्रकरणमा पनि उनी नै खटिने गरेको पाइन्छ । यसै विषयमा हवलदार अमर क्षेत्रीसँग सम्पर्क गर्दा उनले ‘हुने-नहुने कुरा गर्ने ?’भनेर हास्दै मोवाइल ‘डिस्कनेक्ट’ गरिदिए । कुरा गर्नै चाहेनन् । तर, पिडीतले सुनाएको आफ्नो पिडाको विस्तृत रेकर्ड सुरक्षित छ । उनले कैदमा रहेका बेला कैदीलाई कुन व्यवहार गरेर, कसरी, को मार्फत् रकम असुल्छन्, कैदीका मान्छेलाई कुन रेष्टुरेन्टमा भेट गर्छन् ? त्यस विषयमा पिडीतले दिएको वयानअनुसार थप खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array