६८औं प्रहरी दिवसको अवसरमा वृक्षरोपण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा  ६८औं प्रहरी दिवसको अवसरमा बिहीबार वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी परिसमा आयोजित उक्त कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरूद्वारा विभिन्न जातका १ सय भन्दा बढी बिरूवाहरु रोपिएको थियो ।वृक्षरोपणको क्रममा प्रहरी नायव महानिरीक्षक बास्तोलाले रोपिएका बिरूवाको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलित बनाउने कार्यमा सम्पूर्ण प्रहरी कर्मचारी निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी  प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरु समेतले वृक्षरोपण गरेका थिए । ६८औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तर्गतका सम्पूर्ण प्रहरी कार्यालय परिसरमा एक हजार भन्दा बढी विभिन्न जातको रूख तथा फलफुलका बिरूवाहरु रोपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array