सात बुँदे घोषणापत्र जारी गर्दै लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानी जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही दुई चलेको गोष्ठीले निम्न मुद्दाहरुमा साझा धारणा बनाएको छ ।
घोषणापत्र
ज्ञ। स्वःनियमनको अभ्यास मार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउन लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गरी कुशल, प्रभावकारी र गुणस्तरीय सेवा प्रदानका लागि सहकारी संघ संस्थामा आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन प्रतिबद्ध छौं ।

द्द। संस्थागत क्षमता अभिवृद्धि गर्न सहकारी संघ संस्थाको जोखिम व्यवस्थापनका लागि नीति, प्रक्रिया र संस्थागत जोखिमका तत्वहरूको नियमित मूल्याङ्कन र समीक्षा गर्ने प्रणालीको विकास गर्न प्रतिबद्ध छौं ।

घ। सहकारी संघ संस्थाको आन्तरिक र वाह्य जोखिमहरुको पहिचान, वर्गिकरण, विश्लेषण र मूल्यांकन गरी जोखिम न्युनीकरणका लागि उपयुक्त सुरक्षित विधि, प्रविधि र आन्तरिक सुचना प्रणाली मजबुत बनाउन भूमिका निर्वाह गर्नेछौं ।

द्ध। सहकारी संघ संस्था सम्बद्ध कानुन तथा नीति नियमहरुको पालना एवं सदस्यता केन्द्रीयताको नियमित अनुगमनका लागि सञ्चालक समिति, उपसमितिहरु, व्यवस्थापन, सदस्यहरु र लेखापरिक्षकलाई जिम्मेवार बनाउन प्रभावकारी भूमिका निर्वाहका लागि प्रतिबद्ध छौं ।

छ। नियमित रुपमा सहकारी संघ÷संस्थाको वित्तीय स्वास्थ्य जाँच गरी सिघ्र, मध्यकालीन तथा दिर्घकालीन सुधारात्मक रणनैतिक पद्धतिको विकास गरी लागु गर्न संचालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउन प्रतिबद्ध छौं ।

ट। सहकारी संघ÷संस्थाको नियमित आन्तरिक लेखा परिक्षण तथा सुपरिवेक्षण गरी जोखिम न्यूनिकरणका लागि सहजीकरण गर्न र राष्ट्रिय सहकारी बैंकद्वारा निर्माण हुने लेखा सुपरिवेक्षण समितिको सरलीकृत प्रतिवेदनको अद्यावधिक ढाँचा प्रयोग गरी सुपरिवेक्षणमा एकरुपता कायम गर्न प्रतिबद्ध छौं ।

ठ। सहकारी संघ÷संस्थामा स्वःनियमन र सुशासन कायम गर्न कानुन र विधिको परिपालनामा शुन्य सहनशीलताको नीति अपनाई साधारण सभाप्रति जवाफदेही भई कार्य गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्

Array