बाँसुकीनाग टोल सुधार समितिको ११ औं बार्षिक साधारण सभा सम्पन्न, साङलेखोला करिडोरको बाटो यसै बर्ष भित्रः नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ आश्विन २०८०, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत बाँसुकीनाग टोल सुधार समितिको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सुभारम्भ स्कुलमा शनिबार टोल सुधार समितिको साधारण सभा, सार्वजनीक सुनुवाई, जेष्ठ नागरिक सम्मान तथा एसईई उत्रिण विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बाँसुकीनाग टोल सुधार समिति तारकेश्वर नगरपालिका वडा नं ९ कै नमुना टोलसुधार समिति रहेको बताँउदै यस टोलको बिकासका लागि नगरपालिका हातेमालो गरेर अगाडी बढन तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “तपाँईहरु नमुना टोल बनाउने अभियानमा हुनुहुन्छ, तपाँईहरुले टोलको विकासका लागि जिम्मेवार भएर गरेका कामहरुका बारेमा नगरपालिका पनि जानकार छ,मैले यस चालु आर्थिक बर्षमा बासुकी मन्दीरमा फल्चा निर्माणका लागि १५ लाख, बाँसुकी नाग देखि इन्द्रायणी पुल सम्मको सडकका लागि रु २० लाख, बाढीबाट बस्तीलाई जोगाउन बिष्णुमती खोलामा वाल थप्नका लागि समेत बजेट बिनियोजन गरेको छु ,साथै साङलेखोला करिडोरलाई समेत रु ३ करोड बिनियोजन गरेर ठेक्कामा गएको छ,आगामी बर्ष देखि तपाँईहरुले करिडोरको बाटो र खोलाको समस्याबाट छुटकारा पाउनुहुने छ”
तारकेश्वर नगरपालिकाको बिकासका लागि आफुले कुनै पनि राजनीति पार्टी र कलर लाई नहेर्ने बताँउदै नगरप्रमुख महर्जनले बिकासको पार्टी बनेर नगरपालिकाको बिकासका लागि आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “म कसैलाई कुनै राजनीति दृष्टीकोणले कुनै पनि कलरले हेर्ने गर्दिन्, म विकासको दृष्टीकोणले हेर्दछु, म समग्र परिवारको नजरले हेर्दछु, यो मेरो ठाँउको हिसाबले हेर्दछु, तपाँई विकासको पार्टी भएर आउनुहोस म सहयोग गर्न तयार छु ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा नं ९ का सदस्य उज्जवल अधिकारीले गतबर्ष झै यस बर्ष पनि बाँसुकीनाग टोलको विकासका लागि बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरिएको बताँउदै बिकास गर्नका लागि बजेट खोज्न धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी जनप्रतिनिधिको रुपमा बिजयी भएर आएसंगै बिकास गर्न बजेटको लागि धाउनुपर्ने अवस्था अन्त्य भएको छ, नगरप्रमुख ज्यू पनि यसै वडाको बासिन्दा भएको र यस क्षेत्रको समस्यकाको बारेमा राम्रो जानकार हुनुभएका कारण हामीले यहाँ बिकासका लागि धेरै धाउनुपर्ने अवस्था छैन”
वडा सदस्य अधिकारीले स्थानीयहरुको गुनासो आइरहेको साङले खोला करिडोरका लागि नगरपालिकाले ३ करोड बजेट बिनियोजन गरेकाले अबका केहि दिन भित्रै उक्त सडका लागि स्टीमेट हुने बताउनुभयो ।

May be an image of 7 people, dais, temple and text
संस्थाका अध्यक्ष कुमार मान श्रेष्ठले आर्थिक बर्ष २०७९|८० को कार्यप्रगति प्रतिबेदन र आगामी बर्षका लागि कार्ययोजना प्रस्तुत गदै टोलको बिकासका निम्ती टोलबासीहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

May be an image of 4 people and text
कार्यक्रममा एन्जल्स हार्ट नेश्नल स्कुलका प्रधानाध्यापक टक बहादुर थापाले संस्था स्थापना भएको ११ बर्षमा ३० लाख भन्दा बढी रकम संस्थाको खातामा बचत गर्नु निकै महत्वपुर्ण कुरा रहेको बताँउदै टोलको बिकासका निम्ती संस्थाबाट भएको कार्य निकै प्रशंसनीय रहेको बताउनुभयो ।
संस्थाकी सदस्य समिक्षा रम्तेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष केशब बहादुर काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिब रमेश पाण्डेले सचिबको प्रतिबेदन तथा संस्थाकी कोषाध्यक्ष रमा सापकोटाले संस्थाको आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
२०७९ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो भने जेष्ठ नागरिकहरुलाई उपहार सहितको सम्मान गरिएको थियो । कार्यक्रममा शुभारम्भ योग प्रशिक्षण केन्द्र का प्रशिक्षार्थीहरुले सामुहिक योगासन, नृत्य र म्युजिकल ब्यायाम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुभारम्भ स्कुलका सञ्चालक महेश सिटौला, प्रिन्सीपल गोमा पाठक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर पाण्डे, माउण्ट लार्के स्कुलका प्रिन्सीपल उत्तम पण्डीत, पञ्चकन्या जागरण मञ्चका अध्यक्ष हरि दास बैरागी, बासुकी नाग टोल सुधार समितिका सदस्य एवं समाजसेवी केशब भेटुवाल, बाँसुकी नाग टोल सुधार समितिका सल्लाहकार बिष्णु प्रसाद नेपाल र टिका प्रसाद भेटवाल लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 7 people, people studying and text

May be an image of 6 people, people smiling and text that says 'बासुकीनाग टोल सुधार समिति 99'

May be an image of 16 people, people studying and text

May be an image of 4 people and text

May be an image of 12 people

May be an image of 10 people, people smiling and text

May be an image of 7 people, dais and text

May be an image of 3 people, people smiling and suit

May be an image of 7 people, dais and text

May be an image of 11 people and text

May be an image of 3 people and text

fghfgh

प्रतिक्रिया दिनुहोस्

Array