एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जन सम्पर्क समितिहरुको आब्हान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । ‘एनआरएनएमा नयाँ अनुहारको खोजी भइरहेकाले स्वच्छ छवी भएका इमान्दार र सक्षम उम्मेदवार महेशकुमार श्रेष्ठ नै हुनुहुन्छ भन्ने हाम्रो ठहर हो । विश्वभरका छरिएर रहेका लोकतान्त्रिक विचार र आस्था बोकेका डेलिकेट्सहरुको भावना साथै इच्छा संस्थालाई एकताबद्ध गराउन सक्ने समन्वयकारी व्यक्तिको खोजीमा हुनुहुन्छ, त्यसका लागि महेशजी उपयुक्त हुनुहुन्छ,’ तिमिल्सिनाले भने ।

भेलामा करिब दुई सय शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array