एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष (विज्ञप्तिसहित)

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० आश्विन २०८०, मंगलवार
3 Min Read
Aa
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने  प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पारे । उनले भने,‘१०औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरु असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर म तीन महिनाभित्र असन्तुष्ट साथीहरुलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु ।’
यस अघि पनि एनआरएनएलाई पटक पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको दाबी गर्दै दुई बर्षभित्र परिणामुखी काम गर्ने प्रतिबद्धता पनि जनाए । ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु । संघमा रहेका सबै पदाधिकारीहरुलाई कामको विभाजन गरेर परिणाम दिलाउनेछु,’उनले भने ।
नेपालको समृद्धिका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई मजवुद बनाउनका लागि पाँच बुँदे एजेन्डाहरु लिएर चुनावी मैदानमा रहेको जनाउँदै उनले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने जनाए । विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाए । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।
त्यस्तै महासचिबका उम्मेदवार वुद्धिसागर सुवेदीले एनआरएनएलाई एकताबद्ध, परिणाममुखी र पारदर्शी रुपले अघि बढाउन टिम महेशलाई सहयोग गर्न आग्रह गरे । उनले मेरो र हाम्रो होइन राम्रोलाई सहयोग गर्न सबैमा अनुरोध गरे ।
पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरु डा.केशव पौडेल(अमेरिका), गंगाधर गौतम(बेल्जियम), नारायण आचार्य(नेदरल्याण्ड) सुनिल साह(अमेरिका),राज रेग्मी९कतार०, रोबिन शेरचन(जापान), रोजिना प्रधान राई(बेलायत) रोशन थापालगायतले टिम महेशलाई विजयी गराउन आग्रह गरे । त्यस्तै, उप महासचिब पदका उम्मेदवार सोम सापकोटा(बेलायत), प्रविण गुरुङ(कतार),सचिब पदका उम्मेदवार दयानिधी सापकोटा(बेलायत), मनोज श्रेष्ठ गोर्खाली(युएइ) भीम केसी कमल(पोर्तुगल), कृष्णजिवी पन्त(अमेरिका) स्वतन्त्र प्रताप शाह(अष्ट्रेलिया), केपी सिटौला(दक्षिण कोरिया), महिला सचिब विमला सापकोटा(क्यानाडा)ले पनि टिम महेशलाई समर्थन गर्दै विजयी गराउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा सहभागी भएका कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना९युएई०, सहकोषाध्यक्षको उम्मेदवार तिलक गैरे(पोर्तुगल), कृष्ण तिमल्सिना(बेलायत), मोहम्मद मुक्तदा मुसलमान(कतार)ले टिम महेशलाई जिताउने प्रतिबद्धता जनाए । त्यस्तैगरी महिलातर्फ सहकोषाध्यक्ष उम्मेदवार तृष्णा शर्मा काफ्ले(अमेरिका), युवा संयोजकका उम्मेदवार रविन अधिकारी,  महिला संयोजककी उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणी सापकोटा(बेल्जियम)लगायतका उम्मेदवार साथै निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीहरुले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्त गरे ।
मंगलबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा श्रेष्ठसहित चार जनाको उम्मेदवारी परेको छ भने महासचिबमा सुवेदीसहित दुई जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array