बडादसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । बडादसैँमा घर जाने सैनिक तथा परिवारलाई यातायात सुविधा ,  २०८० सालको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८०/०६/२१ गतेबाट मिति २०८०/०६/३० गतेसम्म मुलुकका विभिन्‍न स्थानहरु बिच स्थल तथा हवाई यातायात सञ्चालन गरिएको छ ।२.   सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यात्रा गरिसकेका छन् । यस पटकको यातायात सुविधा आगामी कार्तिक ०२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array