प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । आज (बुधबार) मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा आयोजित जलवायु संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने,‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं, यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण हो ।’ उनले जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको सुनाए । उनले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको विश्वास दिलाए । उनले आफू जलवायु परिवर्तनसँग सम्बन्धित कोप–२८ सम्मेलनमा पनि सहभागी हुने जानकारी दिँदै उक्त सम्मेलनमा पनि आफूले यसबारे फेरि विश्वको ध्यानाकर्षण गराउने स्पष्ट पारे । सो कार्यक्रममा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफूहरुले गरिरहेको कामको फेहरिस्त सुनाएका थिए । यस्तै, उनले कोप–२८ को तयारी पनि व्यवस्थित् ढंगले गरिएको बताए ।

reporters

प्रतिक्रिया दिनुहोस्

Array