अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०८०, बुधबार
4 Min Read
Aa

काठमाडौं,  काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित मकवानपुर थाहा नगरपालिका-९ घर भएका २२ वर्षीय श्रीकृष्ण बललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले बा.प्र०२-०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भएका २६ वर्षीय देवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

            कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय रोहित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

            कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ लवनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ३० मिलिग्राम, नगद ६९ हजार ५ सय रुपैयाँ र मोबाइल १ थानसहित पाल्पा तानसेन नगरपालिका-१ मौरीगाउँ बस्ने ३३ वर्षीय विवेक खातीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले लु.६४ प ५५१८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक खातीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            यसैगरी कपिलवस्तु, वाणगंगा नगरपालिका-११ प्रोजेक्ट टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय युगल भट्टराई समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले बा.२० च ९८३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बिक्रमचोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका रातोमाटे बस्ने ३८ वर्षीय धनराज घलान र ३१ वर्षीय बिवेक भोम्जन रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बा.प्र ०३-००५ प ६८१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

            कञ्चनपुर, बेलौरी नगरपालिका-७ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ७८ मिलिग्रामसहित भारत पिलिभित घर भएका ४० वर्षीय महेन्द्र सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            मोरङ, जहदा गाउँपालिका-१ झैला चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ यु २६६७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल र मोटरसाइकलमा रहेको बोरा छोडी फरार भएपश्चात् प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । हाल फरार व्यक्तिको प्रहरिले खोजी गरिरहेको छ ।

सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array