ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, ५१ रोपनीको कोलोनीमा बंगला र घडेरी बुकिङ गर्नेलाई उपहार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

ललितपुर, ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला गरेको जनाएको छ ।
लेले बसपार्कबाट २ सय मिटर भित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भईरहेको छ । सरकारी माफण्ड अनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ । बंगला तथा घडेरी बुकिङ भईरहेको जनाएको कम्पनीले दशैं तथा तिहारमा बुकिङ् गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ ।
दशैंमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्र मार्फत टाटाको नेक्सन कार जित्न सक्ने जनाएको कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ । टिकटकमा भिडियो बनाउनेहरुलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
सरकारको मापदण्ड बमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको कम्पनीले चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजाररुपैयाँको दरमा दरमा घडेरी किन्न सकिनेछ ।
५ वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था गरिएको जनाएको कम्पनीले वैदेशिक रोजगारीमा भएकाहरुलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ । जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरिने दाबी पनि कम्पनीले गरेको छ ।
पाँचतिरबाट पुग्न सकिने कोलोनीमा तत्कालै घर बनाएर बस्न सकिने कम्पनीको भनाई छ । जग्गामा पिच रोड, पार्क, बिजुली र पानीको राम्रो सुविधा हुनेछ । चारैतिर हरियाली सुन्दर वातावरण र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनोरम दृश्यको अवलोकन गर्न सकिनेछ कोलोनीमा सौर्य उर्जाबाट सडकबत्ती सञ्चालन गर्ने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array