दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि आज (बिहीबार) बिहानसम्म दसैँ मनाउन साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको जानकारी दिनुभयो । प्रवक्ता भट्टका अनुसार पछिल्लो दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । उहाँले हिजो (बुधबार)मात्र ९८ हजारले उपत्यका छाडेको बताउनुभयो । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको हो । यात्राको क्रममा यात्रुलाई कुनै समस्या नहोस् भनेर विभिन्न स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको उहाँको भनाइ छ । विभिन्न प्रयोजनका लागि राजधानीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका हुन् ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array