अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं, झापा, दमक नगरपालिका-५ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय समिर गजमेर, दमक नगरपालिका-६ बस्ने २९ वर्षीय रोशल बुढाथोकी, सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिर गजमेरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।

 कञ्चनपुर, दोधाराचाँदनी नगरपालिका-१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय पवन धामी र भिमदत्त नगरपालिका-१० गड्डा चौकी बस्ने २३ वर्षीय कुस कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालगर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ७११२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै सोही स्थानबाट युए ०४ डि ४०२८ नम्बरको मोटरसाइकलमा सवार दोधाराचाँदनी नगरपालिका-२ बस्ने १९ वर्षीय सन्तोष सार्की र १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 उदयपुर, कटारी नगरपालिका-६ देउलीकुनाबाट अवैध लागूऔषध गाँजा ३८ केजीसहित खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका-१ बस्ने ३२ वर्षीय गणेश बहादुर मगर समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा बोरामा उक्त परिमाणको गाँजा बोकी ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।   सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array