नेपालरुपी सुन्दर बगैँचालाई सजाउनु सबैको साझा दायित्व हो : पूर्वराजा ज्ञानेन्द्र शाह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका अवसरमा देश र विदेशमा रहेका नेपालीलाई शुक्रबार शुभकामना दिनु भएको छ । पूर्वराजा शाहले नेपालरुपी सुन्दर बगैँचालाई सजाउनु सबैको साझा दायित्व रहेको समेत बताउनु भएको छ ।
शाहद्धारा जारी विज्ञप्तिमा एकतिहाइ जनसंख्या देशबाहिर रहेको उल्लेख गर्दै ‘महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्।

हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो। हाम्रो देश झन् झन खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेंसी, कुना, कन्दरा सबैतिर सुनिन्छ।’ उहाँले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न प्रयत्न हुनैपर्ने उल्लेख गर्दै सद्भाव बिनाको राष्ट्रको परिकल्पनासमेत गर्न नसकिने पनि बताउनु भएको छ ।

हामी सबै स्वतन्त्र र सार्वभौम राष्ट्रका होनहार सन्तति भएको उल्लेख गर्दै दसैँले हामीलाई सही र सत्य देवी शक्तिको सम्बर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ ।

सबै नेपाली भएको र यो साझा फूलबारीको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु नेपालीको दायित्व रहेकोसमेत पूर्वराजा शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array