मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

मकवानपुर , मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते हुनुभएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array