आईपियुको १४७औँ महासभामा भाग लिन अध्यक्ष तिमिल्सिना एङ्गोला जाँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ कार्तिक २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ, अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एङ्गोला प्रस्थान गर्दै हुनुहुन्छ ।
अध्यक्ष तिमिल्सिना एङ्गोलामा कार्तिक ६ देखि १०(अक्टोबर २३—२७) मा हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १.५५ बजे त्यस तर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
“शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिब डा. भरतराज गौतम, सहसचिब बबिता मिश्र, उपसचिब त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ(प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा हुनुहुन्छ ।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रबक्ता एकराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डि होस र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेर संग पनि पनि भेटवार्ता गर्नुहुनेछ ।
यसैगरी आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधीसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधीसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउनुहुनेछ ।
महासभा संगै संसदका महासचिबहरुका्े संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहनुभएका संघीय संसदका महासचिब डा. भरतराज गौतमले सहभागिता जनाउनुहुने कार्यक्रम छ ।
४ कार्तिक २०८०

प्रतिक्रिया दिनुहोस्

Array