कुलेखानी मातातीर्थ हुँदै वीरगन्जबाट काठमाडौँतर्फ जाँदैं गरेको सुमो आफैं अनियन्त्रित भई खोल्सामा खस्दा १३ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

मकवानपुर, मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं. ५ मकैवारिमा मङ्गलवार बिहान ३ बजेर ३५ मिनेटमा टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते हुनुभएको छ । कुलेखानी मातातीर्थ हुँदै वीरगन्जबाट काठमाडौँतर्फ जाँदैं गरेको मधेस प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते हुनुभएको हो ।

घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर–२१ का २५ वर्षीय अनिलकुमार शाह, भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचनाकुमारी सूर्यवंशी, सोही स्थानकी ३५ वर्षकी गङ्गादेवी सूर्यवंशी, ३० वर्षकी मधु सूर्यवंशी, ३७ वर्षका इन्द्र सेन, ३१ वर्षकी रितु सूर्यवंशी, २९ वर्षकी सरोजनी देवी, ११ वर्षकी प्रतिभा सूर्यवंशी, २ वर्षकी दिव्या सूर्यवंशी, ४ वर्षका प्रतीक सूर्यवंशी, ३१ वर्षका विजयकुमार सूर्यवंशी, ३५ वर्षका अजयकुमार सूर्यवंशी र नाम थर नखुलेकी ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array