इजरायलमा आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।

शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ । ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ। इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ। काठमाडौँ ।प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।

शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ । ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ। इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array