रबिन थपलिया । काठमाडौं । बषौं देखि धुलो र हिलोका कारण स्थानीयले सास्ती खेप्दै आइरहेको तारकेश्वर नगरपालिका क्षेत्र अन्तर्गतको साङलेखोला करिडोर अब बन्ने निश्चीत भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले साङलेखोला करिडोर निर्माणका लागि नगरपालिकाबाट ६ करोड ५० लाख बिनियोजन गरेसंगै करिडोरको सडक अब बन्ने पक्का भएको हो ।
२०७४ साल देखि पटक पटक करिडोर क्षेत्रका जनताले सडक निर्माणका लागि तारकेश्वर नगरपालिका, संघिय र प्रदेश संसदलाई गुहारेपनि सडक निर्माणको काम हुन सकिरहेको थिएन । नगरप्रमुख कृष्ण हरि महर्जनले २०७९ सालको निर्वाचनमा साङलेखोला करिडोर सडक निर्माणको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । चुनावी प्रतिबद्धता पुरा गर्ने क्रममा साङलेखोला करिडोर निर्माणका लागि बजेट बिनियोजन गर्नुभएको हो ।
टोखा नगरपालिका क्षेत्र अन्तर्गतका करिडोर बषौं देखि सुचारु भएपनि तारकेश्वर नगरपालिका क्षेत्र पटिका वडा नं १,७ र ९ का केहि ठाँउहरुमा अझै सडकको ट्रयाक समेत खुल्न सकेको छैन् ।
तारकेश्वर नगरपालिकाको वडा नं १,७,९,१० र ११ अन्तर्गत रहेका यि सडकका कतिपय क्षेत्रहरुमा ट्रयाक्स समेत खुल्न सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्