पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन् । प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाइ दिए थिए ।
पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो ।भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थित रहेको थियो ।

रग्बी टोली कतार प्रस्थान
एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय पुरुष टोली बुधबार कतारको दोहा प्रस्थान गरेको छ । १२ खेलाडीसहित १५ सदस्यीय टोली कतार प्रस्थान गरेको हो ।
खेलाडीहरुमा विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली, रमितबहादुर मल, सुरोज राणा, सविन महत, मनोज मगर र महेश सुनार रहेका छन् । प्रशिक्षकमा श्रीलंकाली विजेलाथ सन मार्क विजेसिंघे, व्यवस्थापकमा टंकराज गिरी र फिजियोमा देवान थापा छन् ।
प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको नेपाल रग्बी संघका सचिव विजय मोक्तानले जनाएका छन् । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसंग खेल्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर पौडेल र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array