रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालतले कारागार पठाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो । बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिनुभएको छ। अब अदालतले उनलाई कारागार पठाउने छ।

रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासँग झडप हुन सक्ने धेरैले आङ्कलन गरेका छन्। किनकि झडपकै डरले यसअघि रिगललाई नेपालगन्ज ल्याउन दिइएको थिएन। २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ। संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मानन्धरले आममाफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Array