साङलाको पिपलबोट देखि चिम्बर पोखरी सम्मको सडकको कालोपत्रे गर्ने काम सम्पन्न, नगरप्रमुख महर्जनद्धारा अनुगमन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ७ साङलाको पिपलबोट देखि चिम्बर पोखरी सम्मको सडकको कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

No description available.
तारकेश्वर नगरपालिकाको नगरस्तरीय योजना अन्र्तगत कुल ९२ लाख ९२ हजारको लागतमा सडक कालोपत्रे गरिएको हो । उक्त सडक सेलेक्सन कन्ट्रक्सन कम्पनीले कालोपत्रे गरेको हो । कालोपत्रे भइरहेको सडकको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज निरिक्षण गर्नुभयो । निरिक्षणको क्रममा नगरप्रमुख महर्जनले सडक निर्माणका क्रममा हुने गुणस्तरहिन कामलाई छुट दिन नसकिने बताँउदै निर्माणका क्रममा गुणस्तरलाई ध्यान दिन आग्रह गर्नुभयो ।
करिब ३ बषै देखि बिबादका कारण उक्त सडक कालोपत्रे गर्ने काम रोकिएको थियो । तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीले आफ्नो अथक प्रयास पछि यस पटक सडक कालोपत्रे गर्ने काम गर्न सकिएकोमा खुसी लागेको बताउनुभयो ।
सडक कालोपत्रे गर्ने क्रममा राप्रपाका नगरसभापति बसन्त बस्नेत सहित तारकेश्वर नगरपालिकाका प्राविधिकहरु, वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array