शुक्रबार राति भूकम्पको धक्का महसुस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,  शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन। पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

Array