तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन: नेपाली कांग्रेस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ । जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा गए राति आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ । स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले सबैमा अपिल समेत गरिसकेको छ ।

यसै सन्दर्भमा, पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु÷गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।

नोट ः पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको भएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array