रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं, नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले विभिन्न मिडिया हाउसहरूमा आवध्द २६ जना सञ्चारकर्मीहरूको सहभागितामा ५ ९पाँच० दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम Defence Correspondent Orientation Programme (DCOP) आज मिति २०८० कार्तिक १९ गते जङ्गी अड्डामा शुरु भएको छ ।

कार्यक्रमको थालनी गर्दै जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्ण प्रसाद भण्डारीले संविधानद्वारा निर्देशित तथा राज्यबाट प्राप्त भएका जिम्मेवारीहरूलाई वहन गर्दै मातृभूमिको रक्षा तथा विकास निर्माणको क्षेत्रमा समर्पित नेपाली सेना एवं राज्यको चौथो अङ्गको रूपमा क्रियाशील रहि आम जनताको संविधान प्रदत्त सूचनाको हकलाई प्रवर्द्धन गर्दै आम जन चाहनालाई सरकार समक्ष पुर्‍याउने र सरकारबाट भए गरेका कार्यहरूको प्रवर्द्धन तथा समाचार सम्प्रेषण गर्दै आएको सञ्चार जगत् बिचको सम्बन्धलाई थप व्यावसायिक बनाउन यस कार्यक्रम उपयोगी हुने अपेक्षा गरेको कुरा बताउनु भयो । उहाँले कार्यक्रममा सहभागी लगायत समग्र सञ्चार माध्यममा आवध्द सञ्चारकर्मीहरूबाट नेपाली सेनालाई भइरहेको सहयोग र उहाँहरूको सद्‍भावका लागि नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्दै राष्ट्र, राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय एकता, विकास र शान्तिका लागि सेना र सञ्चार जगत् बिच मर्यादित एवं व्यावसायिक सम्बन्ध कायम भइरहनु पर्ने बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा जानकारी मूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिने छ । यस्तै, कार्यक्रममा सहभागीहरूलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको स्थलगत भ्रमण गराउने योजना रहेको छ ।

आज आयोजित कार्यक्रममा रक्षा मन्त्रालय तथा राष्ट्रिय सूचना आयोगका प्रतिनिधि लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array