सवारी दुर्घटनामा सात जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं,    डोटी, शिखर नगरपालिका-६ अण्यौलस्थित केआई सिंह राजमार्गमा ग.२ च २७७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ५ जनाको शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर र ४ जनाको मध्यम रहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ बिसहरिया पुल नजिक सडकमा स.२ प ८१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी बलान बिहुल गाउँपालिका-१ बस्ने २० वर्षीय अर्जुन राम र मोटरसाइकलमा सवार शिवकान्त राम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये अर्जुनको छिन्नमस्ता अस्पताल राजबिराजमा र शिवकान्तको बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य १ जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।

 सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ डलवा चौकस्थित सडकमा मधेस प्रदेश ०१-००४ प ४५९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक हनुमाननगर कंकालनी नगरपालिका-१४ बिस्नपुर बस्ने ४० वर्षीय  विसेश्वर मेहताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजविराज सप्तरी हुँदै विराटनरसिहं होम अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array