खोज तथा उध्दार कार्य जारी : नेपाली सेना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, जाजरकोट भूकम्प लगत्तै परिचालित फौजले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको ७ स्थानहरूमा तैनाथ रहि उध्दार कार्य जारी राखेका छन् । नेपाली सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवा २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्‍याईएको छ । यसै गरी, आजै बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उध्दार गरिएको छ । स्वास्थ्यकर्मी एवं विशेषज्ञहरु समेतको विभिन्‍न युनिटहरुको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेका छन् । जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट ईलाकामा खटिएको मेडिकल टोलीहरुबाट १२५ जना घाईतेहरुको उपचार भएको छ । 

 परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेका छन् । परिचालित हवाई साधनहरुले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उध्दार गर्नुको साथै राहत सामग्री ढुवानी गरिरहेका छन् । हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिव दश हजार के.जी. औषधीजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको  छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array