वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारत प्राथमिक विद्यालय बन्द

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ, भारतको राजधानी नयाँदिल्लीका प्राथमिक विद्यालय बन्द भएका छन् । वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारत प्राथमिक विद्यालय बन्द गरिएको हो । द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर (कात्तिक २४ गते) सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ ।रतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो ।

दिल्लीमा बाक्लो तुवाँलो लागेको जस्तो देखिएको छ । दृष्य धमिलो छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array