नेपाली काँग्रेसले भूकम्पमा परेका घाइते तथा प्रभावितहरूको राहत, उद्धार र सहयोगका सामग्री एकद्धार प्रणालीमा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पमा परेका घाइते तथा प्रभावितहरूको राहत, उद्धार र सहयोगका सामग्री एकद्धार प्रणालीमा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ ।  नेपाली काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरी भूकम्प प्रभावितका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै भूकम्प प्रभावितका लागि विभिन्न सङ्घसंस्थाद्वारा उपलब्ध राहत सामग्रीहरु पीडित समक्ष पर्याप्त मात्रामा नपुगेकोले सबै संयत्रलाई एकद्वार उद्धारमा जोडी यथाशीघ्र आवश्यक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राहत, उद्धार र   पुनर्स्थापनाको कार्यमा प्रदेश र स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिनुपर्ने, प्रभावित क्षेत्रका दीर्घकालीन बिरामीको उपचारमा समस्या आउन नदिन घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।  यस्तै, अभिभावक गुमाएका बालबालिकाहरूको उच्च शिक्षाको प्रबन्ध गर्न, पुनर्निर्माणको लागि जनशक्तिको सीप बिकास गर्न पनि सरकालाई सुझाव दिइएको छ । नेपाली काँग्रेस पार्टीले पत्रकार सम्मेलन मार्फत भूकम्प जान सक्ने संभावित भूगोलहरू पहिचान गरेर जोखिमयुक्त बस्तीको स्थानान्तरण, सार्वजनिक भवनहरूलाई प्रबलीकरण गर्ने कार्ययोजना निर्माण गर्नुपर्ने पनि आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array