सरकारले घर बनाइदिए आफूहरूको पीडा केही कम हुने : रुकुमपश्चिमका भूकम्प प्रभावित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

रुकुमपश्चिम, । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।

भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले सरकारले घर बनाइदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब घर बनाउन आफूहरूले नसक्ने भएकाले सरकारले घर बनाइदिएको खण्डमा अरू हामी आफैँ गर्न सक्छौँ ।” उहाँले घर बनाउने कि जीवनयापन गर्ने भन्ने समस्या बढेको भन्दै सरकारले घर बनाइदिए आफूहरूको पीडा केही कम हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array