कागतिहारमा शिवपुरीको महाकालीा लप्से झरर्ना महोत्सव हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो ।

‘चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो’, आयोजक शिवपुरी–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले भने, ‘महोत्सवको तयारीका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरेका छन् । त्यहीँ नजिकको छङछङ गुर्जे झरनामा भने आगामी चैतमा महोत्सव गर्ने छौँ ।’ उनका अनुसार विसं २०८१ मा चाहिँ टुनी खोला र चिलाउने छाँगा झरनासमेत समेटी चार झरना महोत्सव गरिने छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गर्ने जनाइएको छ । महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’समेतको व्यवस्था मिलाइने छ ।

‘स्थानीय बासिन्दालाई अहिले आफ्ना सामान्य उत्पादन बेसार, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि बिक्रीका लागि राख्न भनेका छौं, अर्को साल प्रदर्शनी कक्ष समेत राखी व्यवस्थित गरिने छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

Array